कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रहरीले धनुषामा एकैदिन २२ मदिरा भट्टी भत्कायाे

सन्तोष सिंह

धनुषा — रमदैयामा विषाक्त मदिरा सेवनले ८ जनाको मृत्यु भएपछि धनुषा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टी भत्काउन थालेको छ । जिल्लाका विभिन्न स्थानमा वर्षाैंदेखि सञ्चालन हुँदै आएका भट्टी प्रहरीले शनिबार भत्काएको हाे ।

प्रहरीले धनुषामा एकैदिन २२ मदिरा भट्टी भत्कायाे

प्रहरी टोलीले शनिबार जिल्लामा घरेलु मदिरा बनाउने २२ भट्टी भत्काएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शोकमा डुब्यो रमदैयाको चमरटोली र मण्डल टोल

उनका अनुसार ८ हजार लिटर कच्चा पदार्थ, २ हजार ३ सय लिटर मदिरा, मदिरा बनाउने मेसिन ४ थान र अन्य भाँडाहरु बरामद गरिएकाे छ । बिहान ६ बजेदेखि साँझ ६ सम्म भट्टी भत्काउने कार्य भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले बताएकाे छ ।

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

प्रकाशित : चैत्र १, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?