मोटरसाइकल दुर्घटनामा ३ को मृत्यु

कान्तिपुर संवाददाता

बारा — पूर्वपश्चिम हुलाकी मार्गको लंगडा चोक नजिक मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ना ३० प २७४६ नम्बरको मोटरसाइकलमा सवार पचरौता नगरपालिका-८ का २२ वर्षीय चालक विजय यादव र उनका आफन्त ५५ वर्षीय रामेश्वर यादवको मृत्यु भएको हो । 

यसैगरी लु २१ प ७९६३ नम्बरको मोटरसाइकलमा सवार चालक पचरौता नगरपालिका -९ का ३५ वर्षीय मञ्‍जय ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै घटना छुट्टाछुट्टै र अनियन्त्रित भएर भएको हो ।

प्रकाशित : फाल्गुन ६, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?