१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मौलापुरस्थित पतौरामा मधानी महायज्ञ सुरु

राष्ट्रपति भण्डारी सहभागी हुन रौतहट आउँदै
शिव पुरी

रौतहट — पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुरस्थित पतौरामा मधानी महायज्ञ सुरु भएको छ । मौलापुर–५ पतौरामा सुरु भएको महायज्ञको एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार विशेषपूजा हुने भएको छ । 

मौलापुरस्थित पतौरामा मधानी महायज्ञ सुरु

पुरातात्विक महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ आयोजना गरिएको हो । यो मन्दिर परिसरमा एकहजार वर्ष पुरानो दरबारको अवशेष फेला परेको छ । मौलापुरमा उत्खनन्‌को क्रममा भेटिएको शिव मन्दिरको बेलायती विज्ञहरुको एक टोलीले जाँच गरेको थियो । त्यही क्रममा दरबारका भग्नावशेष फेला पारेको थियो ।

महायज्ञमा राष्ट्रपति भण्डारी सहभागी भइ पूजाआजा गर्ने आयोजक मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिकन्दर साहले बताए । पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोचारण गराइ राष्ट्रपति भण्डारीले पूजा गर्ने कार्यक्रम रहेको छ । महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरिने छ ।

भ्रमण वर्ष २०२०लाई सहयोग पुग्‍ने हेतुले आयोजना गरिएको उक्त महायज्ञमा आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको बताएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले महायज्ञ परिसरमा मधानी मेला समेत लागेको छ । मधानी महायज्ञ तथा मेलामा नेपाल, भारतका चर्चित कलाकारहरुको जमघट हुने आयोजकले जनाएको छ ।


शिवरात्रीको दिनसम्म चल्ने महायज्ञमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ । प्रतिनिधिसभा सदस्य प्रभु साहले महायज्ञले यसक्षेत्रको विकास र पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उलने महायज्ञबाट मधानी उत्सवबारे धेरैलाई जानकारी हुने पनि बताए ।

प्रकाशित : फाल्गुन ५, २०७६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?