कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश सचिवको असहयोगका कारण सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका सचिवहरु अनुदार हुँदा उपभोक्ता अन्यौलमा परेको बताएका छन् । प्रक्रिया पूरा भएको योजनाको भुक्तानीका लागि मन्त्रालयका सचिवहरुले चेक काटन नमान्दा भुक्तानी अन्यौलमा परेको राउतले बताए । 

प्रदेश सचिवको असहयोगका कारण सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री राउत

‘सरकारका मन्त्री उपभोक्तालाई भुक्तानी दिन तत्पर र गम्भीर भएर पनि के गर्नु, चेक काट्ने कर्मचारी र सचिवले नै हो’, मुख्यमन्त्री राउतले भने,‘ चेक काटने सचिवहरु अनुदार छन् । सरकारले गत आर्थिक वर्षको भुक्तानी गर्न नसक्दा उपभोक्ता पीडामा छन् ।’ गत आर्थिक वर्षको भुक्तानी तत्काल गरी सरकारले चाँडै निकास दिने राउतले बताए ।

प्रदेश सरकारले गत वर्षको भुक्तानी नगर्दा प्रदेश सभा बैठक महिनौसम्म ठप्प भएकोले तत्काल बैठक बोलाउन प्रमुख प्रतिपक्ष नेकपाले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएको छ ।


प्रदेश सरकारको ६ वटा विकासे मन्त्रालयले उपभोक्ता समितिमार्फत गतवर्ष गराएका ८ सय १४ वटा योजनाको ८६ करोड रुपैयाँ भुक्तानी हुन नसक्दा सरकार समस्यामा परेको छ । भुक्तानीको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध छ । भुक्तानीकालागि प्रतिपक्षका सांसद संग सता पक्षका सांसद समेत सहमत भएर प्रदेश सभा अवरुद्ध गरेको छ । भुक्तानीको माग गर्दै उपभोक्ता समिति आन्दोलित छन् ।


प्रकाशित : फाल्गुन ५, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?