कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नामकरणमै अल्झियो प्रदेश

कान्तिपुर संवाददाता

जनकपुर — दलका नेताहरूले आआफ्नो अडान नछाडेपछि प्रदेशको नामकरणबारे सहमति हुन सकेको छैन । प्रदेश सभामा प्रदेशको नामबारे दर्ता भएको प्रस्तावमा आइतबार छलफलको क्रममा सांसदले आफ्नो अडान नछाडेका हुन् ।

नामकरणमै अल्झियो प्रदेश

प्रदेशको नाम र राजधानी तोक्न सभामुख सरोज यादवको संयोजकत्वमा गठित विशेष समितिमा भएको छलफलमा नेकपा र कांग्रेसले ‘मधेस’ नामको अगाडि वा पछाडि ‘जानकी’ र ‘मिथिला’ राख्न सुझाव दिएका छन् ।


प्रदेशको नाम ‘जानकी’ राख्न प्रदेश सभामा प्रस्ताव दर्ता गराएको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले ‘मधेस’ नाम मात्र स्वीकार नहुने बताएका छन् । उनले ‘मधेस’सँग ‘जानकी’ जोड्न सुझाव दिए । बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले ‘मधेस’सँग ‘मिथिला’ जोड्नुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ राख्न प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ ।


सत्तारुढ समाजवादीका संसदीय दल नेता एवं मुख्यमन्त्री लालबाबु राउत र राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले ‘मधेस’ प्रदेशको अडान कायम राखेको प्रदेश सभा संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए ।


विशेष समितिले प्रदेश राजधानी जनकपुर तोक्न राजनीतिक सहमति जुटाएर दोस्रो दिन नामबारे संसदीय दलका नेताहरूसँग छलफल गरेका थिए । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका संसदीय दलका नेताले दलभित्र छलफल गर्न समय मागेका छन् । आन्तरिक छलफलका आधारमा सोमबार बस्ने संसदीय विशेष समितिको बैठकमा प्रदेशको नामबारे छलफल हुने सचिव यादवले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?