कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

भरत जर्घामगर

सिरहा — सिरहाकाे चोहर्वा–सिरहा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका – ५ मा बसको ठक्करबाट सोमबार दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ना ४ ख ९२४१ नम्बरको बसले लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार सिरहा नगरपालिका ३ का २९ वर्षीय अमन मण्डल र ४५ वर्षीय शैलेन्द्र मण्डलको मृत्यु भएको हो ।


अमनको विराटनगरस्थित न्यूरो अस्पताल र शैलेन्द्रको लहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २७, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?