२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जनकपुरका नायब सुब्बा १ लाख ५० हजार घूससहित पक्राउ

सन्तोष सिंह

धनुषा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भन्सार कार्यालय जनकपुरका नायब सुब्बालाई १ लाख ५० हजार घूससहित पक्राउ गरेको छ ।

जनकपुरका नायब सुब्बा १ लाख ५० हजार घूससहित पक्राउ

सोमबार साँझ जनकपुरको पिडारी चोकबाट जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीलाई घूसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।


भारतीय बजारबाट घरेलु समान नेपाल ल्याउन सहजीकरण गरिदिने भन्दै व्यपारीबाट नायब सुब्बा रजाले घूस लिएका थिए । घूसको रकमसहित नायब सुब्बालाई अनुसन्धानकालागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रहरी नयाब उपरीक्षक मधुकुमार थापाले बताए ।

प्रकाशित : माघ २०, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?