कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जनमतसंग्रहको माग यथावत : सीके राउत

अवधेशकुमार झा

राजविराज — जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमतसंग्रहको अडान यथावत रहेको बताएका छन् । ‘जनमतसंग्रहको विषयलाई टेकेरै सरकारसँग सम्झौता भएको छ,’ सप्तरीको राजविराजमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै राउतले भने, ‘अन्य मधेसवादी दलजस्तो पदका लागि कुनै पार्टीसँग सम्झौता गरेका होइनौ । मधेसी जनताको अधिकार सुनिश्चित गराउन सम्झौता गरेका हौ ।’

जनमतसंग्रहको माग यथावत : सीके राउत

‘सरकारसँग गरेको सम्झौता सम्झौता मात्र नभई हाम्रो विजयको दस्तावेज समेत हो,’ राउतले भने, ‘सरकारसँगको सम्झौता जनमत संग्रहको विषयलाई मानेरै गरिएको हो । यो सम्झौता इतिहासकै उत्कृष्ठ सम्झौता हो,’ राउतले भने, ‘विना सम्झौता केही पनि हासिल हुँदैन् तर हाम्रो सम्झौता समाजवादी र राजपाजस्तो दुई पार्टीका बीचमा नभई नेपाल सरकारसंँग भएको हो । सामुदायिक स्वराजको स्थापना नै हाम्रो मुल लक्ष्य हो । प्रदेशलाई आत्मनिर्णयको अधिकार दिलाउनु नै हाम्रो उद्देश्य हो ।’


जनताको आवाजलाई मानेर जनमत पार्टी गठन गरेको बताउँदै राउतले जनमत पार्टी गठन भएपछि मधेशको नाममा खोलका राजनीतिका दुकान बन्द हुने भय बढेको आरोप लगाए । आफ्नो मन्तब्यको अधिकतम समय राजपा र समाजवादी पार्टीविरुद्धमै बोल्न खर्चेका राउतले जनमत पार्टीको गठनपछि समाजवादी पार्टी र राजपाका नेता कार्यकर्ताको निन्द हराम भएको बताए ।


आफ्नो पार्टी मधेशबाट जंगलराज हटाउन क्रियाशील रहेको बताउँदै उनले समाजवादी पार्टीलाई पूर्व एमालेहरुको जमघट भएकाहरुको पार्टी भएको आरोप लगाए । ‘हिजो एकजोर चप्पल लगाउन नसक्नेहरु आज करोडौका मालिक भएका छन् । मधेशको नाममा राजनीति गर्ने र मधेसलाई नै लुट्नेहरुको दुकान अब बन्द हुन्छ,’ राउतले भने, ‘दुधको रखवाली विरालोले गर्न सक्दैन् । मधेसको विकास पनि शासक वर्ग र त्यसका दूतहरुले गर्न सक्दैन ।’

प्रकाशित : माघ १८, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?