१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वडाध्यक्षको निधन

बारा — कलैया उपमहानगरपालिका–५ का वडाध्यक्ष रामअयोध्याप्रसाद मण्डलको निधन भएको छ । क्यान्सरबाट पीडित वडाध्यक्ष मण्डलको मंगलबार आफ्‍नै निवासमा निधन भएको हो । 

मण्डलको निधनको शोकमा उपमहानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । जिल्लामा यसअघि बारागढी गाउँपालिका–१ का वडाध्यक्षको निधन भएको थियो । उक्त वडामा उपनिर्वाचन भइसकेको छ ।


यस्तै, तत्कालीन पिप्राविर्ता गाविसका पूर्व अध्यक्ष ७२ वर्षीय दुर्योधन शुक्लाको शनिबार निधन भएको छ । मुटु सम्बन्धिको समस्याले पीडित शुक्लाको भारतको दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचारको क्रममा निधन भएको उनका छोरा दिलीप शुक्लाले बताए ।


प्रकाशित : माघ १५, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?