कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सरकार र मन्त्री फेरबदल हुँदैनः मुख्यमन्त्री राउत

सन्तोष सिंह

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारका मन्त्री फेरिने हल्ला गलत भएको बताएका छन् । प्रदेश २ को सरकारमा २ पार्टी समाजवादी र राजपा रहेको र दुवै पार्टीबीच मन्त्री फेरिने कुनै छलफल नभएको राउतले बताए ।

प्रदेश सरकार र मन्त्री फेरबदल हुँदैनः मुख्यमन्त्री राउत

'समाजवादी–राजपा गठबन्धनको सरकार कुनै हालतमा ढल्दैन', मुख्यमन्त्री राउतले भने,‘ प्रदेशका मन्त्री र मुख्यमन्त्री फेरिने हल्लामा सत्यता छैन । जनताले समाजवादी र राजपालाई ५ वर्ष सम्मको लागि म्यन्डेड दिएको छ । यो सरकार ५ वर्ष सम्म चल्छ । ’


जनकपुरमा नेपाल इन्जिनियर्स एसोसिएसन प्रादेशिक केन्द्र प्रदेश २ को प्रथम वार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री राउतले राजपा र समाजवादी पार्टीका शिर्ष नेतहरुबीच भएको सहमति अनुसार प्रदेश सरकार गठन भएकोले कुनैपनि मन्त्री फेरबदल नहुने बताए ।


संघीयता नरुचाउनेहरुले प्रदेश सरकार विरुद्ध गलत प्रचार प्रसारमा लागेको राउतले बताए ।

प्रकाशित : माघ १३, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?