कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित प्रहरी जवान पक्राउ

रासस

सिरहा — सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान पाँच हजार घूससिहत रंगेहात पक्राउ गरेको छ । 

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घूससहित आयोगको बर्दिवास महोत्तरीको टोलीले प्रहरी जवान यादवलाई पक्राउ गरेको हो।


पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि बर्दिवासस्थित कार्यालयमा लगिने अख्तियारले जनाएको छ।


यसअघि आयोगको टोलीले १९ लाख घूससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनियरलाई पक्राउ गरेको थियो। प्रकाशित : माघ ८, २०७६ १२:५७

प्रतिक्रिया
पठाउनुहोस्

सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

रासस

काठमाडौँ — सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

प्रकाशित : माघ ८, २०७६ १२:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×