२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राजपाका उम्मेदवार शेखर सिंह विरुद्ध उजुरी

धनुषा — अल्पसंख्यक समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी (राजपा)का शेखर सिंहको उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेको छ । 

नेपाली कांग्रेसको तर्फबाट अल्पसंख्यक समूहमा उम्मेदवारी दिएका भोला पंजियारले सिंहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दर्ता गराएका हुन् । सिंहले कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवाना फर्छ्यौट नगरेको दाबी गर्दै पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार निवेदन दिएका हुन् ।


२०४४ असार ३० गते सप्तरी जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्दामा सिंह विरुद्व २ वर्ष कैदको फैसला गरेको पंजियारले दिएको निवेदनमा उल्लेख छ । तत्कालीन सगरमाथा अञ्चल अदालतबाट सदर भइ सर्वोच्च अदालतको पूर्ण इजलासको २०५६ पुस १ गते पुनरावलोकनको निस्सा नहुने भन्दै अन्तिम फैसला भएको पंजियारले दाबी गरेका छन् ।


कैद भुक्तान नगरेसम्म राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने अधिकार सिंहसँग नभएको भन्दै पंजियारले दाबी गरेका छन् । उम्मेदवार सिंहले अदालतको फैसला भुक्तान गरिसकेको दाबी गरेका छन् ।


प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनमा नेकपा–राजपा र कांग्रेस–समाजवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।

प्रकाशित : माघ ६, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?