कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

जनकपुर — मोटरसाइकल र कलेज बस एक आपसमा ठोक्किँदा मंगलबार साँझ दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । जनकपुरदेखि विद्यार्थी पुर्‍याएर ढल्केबरवाट फर्किरहेको मोडेल मल्टिपल कलेजको बसले ठक्कर दिँदा जनकपुरदेखि ढल्केवरतर्फ गइरहेको मोटरसाइकलमा सवार दुई जना युवकको घटनास्थलमा मृत्यु भएको हो ।

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

जनकपुरस्थित मोडेल मल्टिपल कलेजको ज १ क २८३ नं को मिनि बसले ज १० प ३५३५ नं को मोटरसाइकललाई जनकपुर ढल्केवर सडक खण्डको सपही नजिकै साबुन कारखाना छेउमा ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित अकबर राइनका छोरा १८ वर्षीय मुबारक राइन र १९ वर्षीय सन्तोष ठाकुरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रहरीले मिनिबसको चालक नवल झालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । घटनास्थलको सबुत प्रमाण संकलन गरी प्रहरीमा सुरक्षित राखेर अनुसन्धान शुरु गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २९, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?