१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

राजपा केन्द्रीय सदस्य राय प्रहरी नियन्त्रणमा

सर्लाही — प्रहरीले राजपा केन्द्रीय सदस्य रामबाबु रायलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको छ । बुधबार अपरान्ह रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीमाथि चर्को ब्याजमा ऋण प्रवाह गरेको, दिएको ऋण भन्दा बढीको कागज बनाएको, ऋण चुक्ता गर्दा पनि कागज नदिएको जस्ता आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर सुधपुछ थालिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतितसिंह राठौरले जानकारी दिए ।


रायले ऋण दिएको बहानामा चरम शोषण गरेको पीडितहरुले गुनासोका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । राय राजपाबाट बरहथवा नगरपालिकामा मेयरका समेत प्रत्यासी थिए ।

यसअघि सर्लाहीकै मिटरब्याजी श्याम प्रदेशी ऋणीलाई ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।


रायको मिटर ब्याजको अन्यायविरुद्ध जिल्लाका पीडितहरु न्याय खोज्दै काठमाडौं पुगेका छन् । यस्तै अर्का मिटरब्याजी ब्रहम्पुरीका सञ्जय साह रौनियार भने फरार भएका छन् ।


उनीमाथि पनि ऋणीलाई ठगी गरेको आरोप लागेको छ । साहले तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित : पुस २३, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?