१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नापीका सर्वेक्षक ७५ हजार घूससहित पक्राउ

भूषण यादव

वीरगन्ज — नापी कार्यालय पर्सामा कार्यरत सर्वेक्षक रामनरेश पासवानलाई अख्तियार दुरुपयोग आयोग हेटौँडाको टोलीले ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

नापीका सर्वेक्षक ७५ हजार घूससहित पक्राउ

वीरगन्ज महानगरपालिका– ९ रानीघाट स्थित २ नम्बर नापी टोलीको कार्यालयबाट सोमबार साँझ सेवाग्राहीसँग घूस लिएपछि अख्तियारको टोलीले पासवानलाई नियन्त्रणमा लिएका हो ।


आफ्नो जग्गा हाल साविक गरि पुनः नापीको जग्गा धनी प्रमाण पुर्जा बनाइदिने भनि सेवाग्राहीसँग पटक पटक घूस रकम माग गरेको सूचना र उजुरीको आधारमा अख्तियार टोलीले नापी कार्यालयमा निगरानी बढाएको थियो ।

प्रकाशित : पुस २१, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?