२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मुसहर बस्तीमा जाडोको सकस हटेन, स्थानीय तहले राहत दिएन

लक्ष्मी साह

बारा — अत्यधिक चिसो बढेकाले जिल्लाको मुसहरलगायत दलित बस्तीमा जाडो छल्न सकस छ । शीतलहरसँगै, कुहिरो र हुस्सुले नछाडेपछि उनीहरु जाडोले कठ्याङग्रिरहेका छन् । स्थानीय तहबाट कुनै राहत नपाएर उनीहरु कठ्याङग्रिएका हुन् । आइतबार राति पचरौता नगरपालिका–१ हरपुर गाउँको मुसहर बस्ती पुग्दा उनीहरुलाई ओढ्ने सिरक अभाव थियो, शरीरमा जाकेट थिएन । उनीहरु तन्ना, धोती, साडी बेरेर जाडो काटिरहेका देखिन्थे । 

मुसहर बस्तीमा जाडोको सकस हटेन, स्थानीय तहले राहत दिएन

दिनभर ज्याला गरेर सानो फुसको झोपडीमा कोचिएर बस्ने उनीहरु भुइँमा पराल ओछ्याएर सुकुल आढेर सुतिरहेका थिए । यस्तै अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य प्रहरी उपरिक्षक विकास खनालले वीरगन्जको कपडा बैंकबाट निःशुल्क कम्बल, टोपी, स्वीटर, मोजा, स्वीटरलगायत न्यानो कपडा सहयाेगी लिएर समुदाय प्रहरी साझेदारी अन्तर्गत बाँडेका थिए ।

दिउँसो राहत जुटाएर राति प्रभावित बस्तीमा पुगेर सय परिवारलाई न्यानो कपडा बाँडिएको थियो । यसअघि महागढीमाई नगरपालिका–६ र –७ का मुसहर बस्तीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थान समितिकातर्फबाट एक सय १० परिवारलाई त्यस्तै राती पुगेर कम्बललगायत बाँडिएको थियो ।

तर बस्तीका मुसहर समुदायले यस्तो झेलिरहँदा स्थानीय तहमा भएको स्थानीय विपद् व्यवस्थापन समितिल भने केही राहत दिन सकेको छैन् । स्थानीय तहले जाडो प्रभावित दलित समुदाय र बस्तीको लागि खासै योजना बनाएको भेटिदैन् । जिल्लाका अधिकांश दलित समुदायले अहिले जाडो छल्न समस्या झेलिरहेका छन् ।

आइतबार राति मुसहर बस्तीमा देखिएका दृश्य :

प्रकाशित : पुस १४, २०७६ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?