महानगरका कर्मचारी घूससहित पक्राउ

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली महानगरपालिकाको लेखा शाखाका कम्प्युटर अपरेटर राकेशकुमार जयसवाललाई सोमबार १५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो । 

महानगरका कर्मचारी घूससहित पक्राउ

स्रोतका अनुसार वीरगन्ज महानगरपालिका–३० स्थित उपभोक्ता समितिमार्फत सडक ढलान सम्पन्न गरेपछि भुक्तानी दिएबापत सेवाग्राहीसँग जयसवालले घूस मागेका थिए । भुक्तानी बापतको कमिसन(घूस) उपभोक्ता समितिका सदस्यसँग लेखा अधिकृतको कार्यकक्षमा लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ । वीरगन्ज महानगरपालिका–४ निवासी जयसवाल महानगरपालिकाको करारमा नियुक्त कर्मचारी हुन् । सोही घूस रकम सेवाग्राही सँग लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी शिव रेग्मीले जानकारी दिए ।


पक्राउ परेका वीरगन्ज महानगरपालिका–४ निवासी जयसवाल वीरगन्ज महानगरपालिकाको कम्प्युटर अपरेटरको रुपमा करारमा नियुक्त भएका थिए । जयसवालले लिएको घूसको रकम लेखा फाँटको सोफाको कापबाट बरामद भएको थियो । घूस रकमसहित रंगेहात पक्राउ परेका जयसवालले लिएको पैसा अख्तियारको टोलीले रुजु गर्न थालेपछि आफूलाई फसाइएको प्रतिक्रिया दिएका थिए । लेखा फाँटका कर्मचारीले प्रत्येक काममा घूस मागेको उजुरी आएपछि निगरानी बढाएको अख्तियारले जनाएको छ । उपभोक्ता समितिका सदस्यले घूसबापत दिएको नोटको फोटोकपी अख्तियारको टोलीले आफूसँगै लिएर आएका थिए ।

प्रकाशित : पुस १४, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?