२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बुहारीको हत्या गर्ने पक्राउ 

जनकपुर — आफ्नै भाइ बुहारीको हत्या गर्ने जनकपुर उप–महानगरपालिका–२१ कूर्थाका अन्दाजी ४५ वर्षीय श्रीप्रसाद पंजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटना घटाएको १४ घन्टा नबित्दै पक्राउ गरेको छ ।

बुहारीको हत्या गर्ने पक्राउ 

बुधवार अपरान्ह सवा दुई बजे श्रीप्रसादले आफ्नै भाइ मिश्रीप्रसाद पंजियारकी ४० वर्षीया श्रीमती रानी देवी पंजियारलाई धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए । टाउको र नाकमा गम्भीर घाउ लागेको तथा तीनवटा औंलासमेत काटिएको अवस्थामा रानीलाई स्थानीयबासीहरुले मिथिला नगरपालिका–९ बडहरीस्थित रेडक्रस सोसाइटी अगाडीको आँपको बगैंचामा छटपटाई रहेको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

घाइते रानीलाई प्रहरीले सुरुमा नजिककै लालगढस्थित मोडेल अस्पतालमा र पछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । पछि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार घाइते रानीले आफूलाई आफ्नै जेठाजुले धारिलो हतियारले काटेको जानकारी गराएकी थिइन् ।

मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीमा छन् । प्रहरी उपरीक्षक बस्नेतका अनुसार आर्थिक लेन देन तथा घर जग्गाको विवादका कारण भाइ बुहारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

प्रकाशित : पुस १०, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?