कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नक्कली घिउ उत्पादक पक्राउ

पर्सा — शुद्ध घिउको नाममा नक्कली घिउ बनाएको आशंका प्रहरीले वीरगन्ज–१५ लक्ष्मणवा ब्रह्मचोकस्थित सिद्धि विनायक पूजा सामग्री उद्योगमा सोमबार छापा मारेको छ ।

नक्कली घिउ उत्पादक पक्राउ

उद्योगका सञ्चालक अनिल श्रेष्ठसहित ३ जना तथा नक्कली घिउ रहेको आशंका गरिएका वस्तु, घिउ बनाउन प्रयोग हुने केमिकल, सामग्री प्रहरीले बरामद गरेको छ ।


डीएसपी वीरेन्द्र शाहीका अनुसार उद्योगका सञ्चालक सोही ठाउँ बस्ने अनिल श्रेष्ठ, अर्का सञ्चालक रमेश श्रेष्ठ र कामदार भारत मोतिहारी पोखरिया निवासी रामविलास प्रसाद पनि पक्राउ परेका छन् । उद्योगबाट ५२ कार्टुन नक्कली आशंका गरिएको घिउ बरामद गरिएको छ । प्रत्येक काटुर्नमा १२ किलो घिउ रहेको छ ।


यसबाहेक २९ कार्टुन वनस्पति घिउ बरामद गरिएको छ । प्रत्येक कार्टुनमा २० किलो घिउ रहेको छ । त्यसबाहेक दुई प्रकारका १/१ लिटर केमिकल पनि बरामद गरिएको छ । २/२ वटा प्याकेजिङ गर्ने र तौल गर्ने मेसिन पनि बरामद भएको छ । यसबाहेक स्टिकर, चुलो, सिलिन्डर, कराई, डेक्ची आदि घिउ बनाउन प्रयोग गरिने भाँडावर्तन आदिसमेत बरामद गरिएका छन् । उक्त उद्योगबाट नक्कली घिउ उत्पादन भई रहेको सूचनाको आधारमा छापा मारिएको उनले बताए । वीरगन्जको विभिन्न स्थानमा यसरी शुद्ध घिउ उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन् ।


अधिकांशले भारतबाट केमिकल तथा कच्चा वनस्पति घिउ ल्याएर विभिन्न ब्रान्डमा प्याकेजिङ गरेर बजारमा घिउ बिक्री वितरण गर्ने गरेका छन् ।

प्रकाशित : पुस ८, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?