कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बम विस्फोटपीडित परिवारलाई भेटे मुख्यमन्त्री राउतले

घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने
अजित तिवारी

जनकपुरधाम — मुख्यमन्त्री लालबाबु राउतले  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् । 

बम विस्फोटपीडित परिवारलाई भेटे मुख्यमन्त्री राउतले

आइतबार बिहानै टोलीसहित घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुका सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहतसमेत उपलब्ध गराउने आश्वासन दिए । उनले पीडित परिवारलाई दिने राहत रकम भने एकीन गरेनन् ।


मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रिपरिषद्‌ बैठकबाट निर्णय गरिने उनको भनाइ थियो ।


टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन सा कलबारसहितको सहभागी थिए ।


बम विस्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियो भने ४ घाइते छन् । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।


प्रकाशित : मंसिर २९, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?