२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बलत्कार प्रयास आरोपमा पक्राउ वडाध्यक्षलाई छोड्न माग गर्दै कांग्रेसको प्रदर्शन

राजविराज — स्थानीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै नेपाली कांग्रेस सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ ।

बलत्कार प्रयास आरोपमा पक्राउ वडाध्यक्षलाई छोड्न माग गर्दै कांग्रेसको प्रदर्शन

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का बासिन्दाहरुको सक्रियतामा नेपाली कांग्रेस सप्तरीले प्रदर्शन गरेको हो । गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्बजस्ती बलात्कारको प्रयास गरेको आरोपमा वडाध्यक्ष साह मंसिर २४ गते पक्राउ परेका थिए ।


शुक्रबार पार्टी कार्यालयबाट निस्कएको जुलुसले वडाध्यक्ष साहलाई रिहा भन्ने नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुसपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई रिहाइ माग गर्दै ज्ञापन पत्र पनि बुझाइयो ।



पीडित महिलाको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी कृष्ण प्रसाइले बताए । उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ । साहसँगै मोहम्मद नसिम र अनिल रायलाई पनि पक्राउ गरिएको छ ।


सप्तरी कांग्रेसले भने उनलाई योजनाबद्ध ढंगले फसाउन खोजिएको दावी गरेको छ । ‘राजनीतिक प्रतिशोधनको भावनाले प्रेरित भई नियोजित ढंगले निवेदिका महिलालाई परिचालन गरी फँसाइएको हाम्रो पार्टीको अध्ययनबाट देखिएको छ,’ कांग्रेस सप्तरीका सभापति दिनेश यादवले भने । उनले प्रहरीले विनाअनुसन्धान मुद्दा दर्ता गरेकाले पनि फसाउन खोजेको प्रमाणित हुने दावी गरे ।


उनीहरुलाई तत्काल रिहाइ नगरिए बाध्य भई कडा संघर्षमा जाने निश्चित रहेको उनको भनाई छ ।

प्रकाशित : मंसिर २७, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?