कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

अवधेशकुमार झा

राजविराज — बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय ३५ वर्षीया महिलाले आफूलाई गाउँकै कुखुरा फर्ममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागि मंगलबार साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।


नियन्त्रणमा लिइएका वडाध्यक्ष साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।


प्रकाशित : मंसिर २५, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?