कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्वास्थ्यकर्मीमाथि बलात्कारको मुद्दा

रौतहट — बलात्कारको आरोपमा पक्राउ परेका स्वास्थ्यकर्मीमाथि प्रहरीले जबरजस्ती करणीको मुद्दा लगाएको छ । चितवनबाट रौतहटको सदरमुकाम गौर घुम्न आएकी ३० वर्षीया महिलालाई यहाँका स्वास्थ्यकर्मीले हेल्थपोस्टमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । 

गौरस्थित बसपार्कमा सवारी कुरिरहेकी महिलालाई स्वास्थ्यकर्मी सुधीरकुमार सिंहले बस चढाउन सहयोग गर्ने भन्दै फकाएर उनी कार्यरत हेल्थपोस्टमा पुर्‍याएका थिए । उनले बलात्कार गरेको आरोप लागेको छ । घटनापछि प्रहरीले सिंहलाई पक्राउ गरी जरबजस्ती करणीको मुद्दा चलाई अनुसन्धान थालेको छ ।


सिंह यमुनामाई गाउँपालिकास्थित सरुअठा हेल्थ पोस्टका अहेब हुन् । बसपार्कबाट सिंहले चन्द्रनिगाहपुर लगेर बस चढाउने भन्दै मोटरसाइकलमा राखेर करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्ट लगेका थिए । त्यही रातभर थुनेर जवरजस्ती गरेका थिए ।

बिहान बस चढेर मकवानपुर पुगेकी महिलाले सिंहले चरम यातना दिएर बलात्कार गरेको भन्दै महिला अधिकारबादी संघ संस्थाको सहयोग मागेकी थिइन् ।


उनले घटनाबारे त्यहाँको प्रहरीलाई जानकारी गराएकी थिइन् । त्यसपछि रौतहट आई सिंहमाथि कारबाहीका लागि किटानी जाहेरी दिएकी हुन् । प्रहरीले सिंहलाई शुक्रबार सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । उनले भारतको दरभंगाबाट बीडीएस डेन्टिस्ट अध्ययन गरेको भन्दै सदरमुकाम गौरमा दाँतको निजी क्लीनिक सञ्चालन गरी डाक्टरसमेत लेख्ने गरेका थिए ।


फरार पक्राउ

जिल्ला प्रहरी गौरबाट खटिएको टोलीले विभिन्न घटनामा अभियोग लागी अदालतबाट कैद तथा जरिवानाको आदेशपछि फरार २ जनालाई पक्राउ गरेको छ । त्यस्तै सार्वजनिक अपराध मुद्दाका फरार २ जना पनि पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयनको सिलसिलामा फरार प्रतिवादीलाई लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।


जिल्लाको विभिन्न स्थानमा भएको चोरी मुद्दाका फरार गौर ७ का सन्तोष उपाध्यायलाई र चन्द्र साहलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनायो । चोरीको अभियोगमा २०७५ फागुनको आदेशपछि दुवै फरार थिए । दुवैलाई गौरबाट पक्राउ गरिएको हो ।


त्यस्तै विभिन्न स्थानमा भएको घटनामा संलग्न रहेको आरोपमा सार्वजनिक मुद्दा लागेर फरार गौर २ विरबलराय यादव र उपेन्द्र साहलाई गौर अस्पताल नजिकबाट प्रहरीले पक्राउ गरी जिल्ला प्रशसन कार्यालयमा बुझाएको छ । २०७३ भदौ ११ मा सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलेपछि उनीहरू फरार थिए । त्यस्तै जग्गा मुद्दाका अभियुक्त स्थानीय शेख रहमत करिमलाई प्रहरीले पक्राउ गरी सोमबार अदालतमा पेस गरेको छ ।

प्रकाशित : मंसिर २४, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?