२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

९ महिनामा पनि भेटिएनन् हत्यारा

राजविराज — एक वृद्ध दम्पतीको हत्या गरी घरमै जलाएको घटना भएको ९ महिना बित्यो । नेपाल प्रहरीले भने घटना अनुसन्धानमा सफलता प्राप्त गर्न सकेको छैन । हत्याको कारण पनि खुलेको छैन ।

९ महिनामा पनि भेटिएनन् हत्यारा

पूर्वपश्चिम राजमार्ग छेउमै गत फागुन १४ गते राति सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाका ७५ वर्षीय सबुरी साह र ६५ वर्षीय पत्नी बेचनीदेवी साहको घरमै हत्या भएको थियो । साह दम्पतीको शव जलेको अवस्थामा भेटिएको थियो ।

हत्याबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर मगाएको थियो । उसले केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली, जिल्ला प्रहरी कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय कल्याणपुर र कडोरबनाको टोलीबाट अनुसन्धान अघि बढाइरहेको बताए पनि प्रगति भएको छैन । घटनामा संलग्न एक जनालाई पनि पक्रिन सकेको छैन ।


सम्पन्न परिवारका साह दम्पतीले स्थानीयलाई लाखौं रुपैयाँ ब्याजमा लगाएका थिए । ५० लाखभन्दा बढी रुपैयाँ ऋणमा लगाएको मृतकका छोरा तेजनारायण साहले बताए । हत्या गर्ने समूहले दराजभित्र रहेका विभिन्न कर्जासम्बन्धी कागजात समेत जलाएको उनले बताए । हत्या र जलाउने काममा ऋण लिएका कुनै व्यक्तिकै हात हुन सक्ने स्थानीयको आशंका छ । हत्या गरिएका सबुरी पक्षाघातबाट पीडित थिए । ‘हामी अनुसन्धानमा छौं,’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने, ‘अझै पनि हत्याको कारण खुलेको छैन ।’

प्रकाशित : मंसिर २३, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?