कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जनकपुरमा १०८ जोडीको सामूहिक विवाह

सन्तोष सिंह

(धनुषा) — प्रदेश सरकार, विश्व हिन्दु परिषद् र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ ।

जनकपुरमा १०८ जोडीको सामूहिक विवाह

मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा जनकपुरको मणिमण्डपमा सोमबार राति सामूहिक विवाह भएको हो । मुख्यमन्त्री लालबाबु राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।


नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गर्दै समाजमा नयाँ शोचको विकास हुने र प्रदेशको कुनै पनि स्थानमा हुने यस्ता आदर्श सामूहिक विवाह कार्यक्रममा प्रदेश सरकार खुलेर सहयोग गर्ने समेत बताए ।


नवविवाहित जोडीको आमा बुवाको राउतले प्रशंसा गर्दै सामूहिक विवाहले समाजको अभिशापको रुपमा रहेको दहेज प्रथा अन्त गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।



प्रकाशित : मंसिर १७, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?