महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका चौधरी विजयी

सुनिता बराल

महोत्तरी — महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी भएका छन् । ३ हजार २ सय ४९ मत प्राप्त गरि चौधरी पालिका अध्यक्षमा विजयी भएका हुन् ।

महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका चौधरी विजयी

उनका निकटतम प्रतिद्धन्दी समाजवादी पार्टिका रामजानकी यादवले ३ हजार ४१ मत प्राप्त गरे भने राजपाकी रविता कुमारीले २ हजार ९ सय ८६ मत प्राप्त गरिन् । त्यस्तै नेपाली कांग्रेसका विजयकुमार यादवले १ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् ।

२ सय ८ मतको अन्तरले नेकपाका चौधरीले समाजवादीका यादवलाई हराएका हुन् । राष्ट्रिय जनता पार्टिबाट गाउँपालिका अध्यक्ष बनेका विनोद चौधरीको मृत्युपछि पिपरामा उपचिर्वाचन भएको हो ।


राजपाले मृतक चौधरीकै श्रीमति रवितालाई उपनिर्वाचनमा उठाएको थियो । राजपालेनै जित्छ भन्ने आकलन धेरैले गरेका भएपनि राजपाले जित हासिल गर्न सकेन ।


पिपरामा १८ हजार ५ सय ८८ कुल मतदातामा १२ हजार ६ सय ६ मत खसेको थियो ।


प्रकाशित : मंसिर १५, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?