३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक छेकेर पसलै पसल

शिव पुरी

(रौतहट) — पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर चोकमा प्राय भिडभाड रहन्छ । मेचीदेखि महाकालीसम्मका बस यहाँ रोकिन्छन् । केही समययता यहाँ सडकै ढाकेर फलफूल पसल राख्ने गरिएको छ । यसले चोकलाई कुरुप मात्र बनाएको छैन, सवारी दुर्घट्ना निम्त्याउने डर पनि उत्तिकै छ । 

सडक छेकेर पसलै पसल

नगरपालिकाले यस्ता पसल हटाउन पहल गरेको छैन । चन्द्रपुर–४ स्थित मुख्य चोकमा राखिएका पसलले राजमार्ग अवरोध भएको भन्दै चार महिनाअघि स्थानीयले चर्को विरोध गरे । त्यसपछि मेयर रामचन्द्र चौधरीले ईलाका प्रहरी, प्रशासन, डिभिजन सडक र जिल्ला ट्राफिक लगायत सरोकारवाला पक्षलाई बोलाएर राजमार्ग अतिक्रमण गरेर बसेकालाई हटाउने सर्वपक्षीय निर्णय गराए । तर, अझै कार्यान्वयन भएको छैन ।


गौर–चन्द्रनिगाहपुर सडक खण्ड पनि फलफूल पसल र म्याजिक गाडीले अस्तव्यस्त छ । व्यापारीले उत्तरतर्फको पेटीसमेत अतिक्रमण गरेका छन् ।


उपमेयर रामरती चौधरीले निर्णय कार्यान्वयनमा लागिपरेको बताइन् । ‘हामी सबै मिलेर मुख्य चोक अतिक्रमण गरी बसेका फलफुल पशल, ठेला हटाउने योजना बनाउँदै छौ,’ उनले भनिन्, ‘यसका लागी नगरपालीकाको बैठकले ठोस निर्णय लिने छ । मुख्य चोकमा पार्किङको पनि समस्या छ । सबै हल गर्नतिर लागेका छौ ।’


इलाका प्रशासन, प्रहरी र जिल्ला ट्राफिकलगायतले ६ वर्षयता पेटीमा व्यवसाय गर्न रोक लगाउदै आए पनि व्यवसायीले टेरेका छैनन् । चाडपर्वको मौका छोपेर उनीहरू सडकमै पसल राख्छन् । यही स्थानमा सवारीसमेत रोकिने भएकाले दुर्घटना निम्तिने डर रहेको ट्राफिकको भनाइ छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले नगरपालिकाले पहल नगरेसम्म पसल हटाउन सम्भव नभएको बताए । ‘नियम मिचेर सडकमा फलफुल बिक्रि गर्न पाइँदैन,’ उनले भने, ‘जनप्रतिनिधिसहित लागेर हटाउनुपर्छ ।’


एक वर्षअघि नगरकाले मुख्य राजमार्ग र गौर खण्डको सडक अतिक्रमण गरि थापिएका पशल हटाएको थियो । तर निरन्तर अनुगमन नहुँदा फेरि राख्न थाले । सडक डिभिजनले समेत अतिक्रमण हटाउन पटकपटक सूचना प्रकाशित गर्दै आएको छ । पछिल्लोचोटि गत माघमा १५ दिने सूचना दिएको थियो ।


सडकमै बाँधिन्छन् पशु

राजमार्गमै पशुसमेत बाँध्ने गरिएका छन् । डिभिजन सडक प्रमुख दरोगा प्रसादले सडकमै पशु राख्नु दुर्भाग्य भएको बताए । ‘मानिसमा चेतना नभएर हो कि जबरजस्ती गर्न लागेको हो थाहा भएन,’ उनले भने, ‘चाँडै नै नगरपालिकासित समन्वय गरि अतिक्रमण हटाउँछौं ।’


चन्द्रनिगाहपुर–गौर खण्डमा एक दशकदेखि अतिक्रमण तीव्र छ । सडकको दुवैतर्फ पशु बाँधिएको, परालका टाल राखिएको देखिन्छ । दुर्घटना निम्त्याउने भन्दै स्थानीय प्रशासनले कडाइ गरेपछि स्थानीयले केही समय पशु र पराल सडकमा राख्न छाडे पनि अहिले उस्तै छ ।


सबैभन्दा बढी बालचनपुर–पडोरिया क्षेत्रमा अतिक्रमण भएको छ । राष्ट्रिय राजमार्गमा बीच भागबाट २५ र सहायक मार्गमा १५ मिटर छाड्नुपर्छ । तर यहाँ सडक मिचेर घरटहरा बनाईएको छ । सडक डिभिजनले यसको अनुगमन तथा नियन्त्रण प्रयास नगरेको स्थानीयको आरोप छ । ३ वर्षअघि स्थानिय पश््रासनले डोजर लगाएर अतिक्रमण हटाएको थियो ।


अहिले फेरि अतिक्रमणले सडक साँघुरिएर यातायात संचालनमा कठिनाइ भएको स्थानीयको भनाइ छ । चन्द्रनिगाहपुरदेखि ४२ किमि गौरसम्म सडकै जमिनमा पोखरी खनिएका छन् । कतै चिम्नि उद्योगले माटो खनेर ईट्टा उत्पादन गरिरहेको छ । केही स्थानमा मोटरसाईकलका ग्यारेज राखिएका छन् । यी ठाउँमा एकैचोटि दुई सवारी पार हुन मुस्किल पर्छ ।


प्रकाशित : मंसिर १५, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?