सप्तरीको छिन्नमस्ता ७ मा राजपाकी उम्मेदवार विजयी

अवधेशकुमार झा

राजविराज — सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपालकी उम्मेदवार प्रमिलादेवी यादव ११ मतान्तरले विजयी भएकी छिन् । मध्यरातिसम्म चलेको गणनामा राजपा र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार भएकी प्रमिला ५ सय ४० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरे ।

सप्तरीको छिन्नमस्ता ७ मा राजपाकी उम्मेदवार विजयी

स्थानीय तहको निर्वाचनका बेला छिन्नमस्ता वडा नम्बर ७ को अध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएको वडाध्यक्षका लागि निर्वाचन भएको हो । उपनिर्वाचनमा वडाध्यक्षमा विजयी प्रमिलादेवी जिल्ला समन्वय समितिका संयोजक प्रभाकरकी श्रीमती हुन् ।


शनिबार सम्पन्न मतदानमा छिन्नमस्ता ७ का कुल १ हजार ४ सय ३ मतदातामध्ये १ हजार १ सय १४ जनाले मतदान गरेका थिए । स्थानीय आधारभूत विद्यालयमा दुईवटा मतदान केन्द्र बनाई शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।


प्रकाशित : मंसिर १५, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?