कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महोत्तरीका मटिहानी ६ मा राजपा र बलवा २ मा कांग्रेस विजयी

सुनिता बराल

महोत्तरी — जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा राष्ट्रिय जनता पाटिले जित हासिल गरेको छ । राजपाका रामबाबु नायक ३ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् ।

महोत्तरीका मटिहानी ६ मा राजपा र बलवा २ मा कांग्रेस विजयी

नायकका प्रतिद्वन्द्वी नेकपाका मो.जाकिर अन्सारीले ३ सय ५५ मत प्राप्त गरे । अंसारीलाई जम्मा २० मतले पछि पार्दै नायक विजयी भएका हुन् ।


त्यस्तै बलवा नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका विपिन पंजियार सुडी ४ सय ६१ मत प्राप्त गरी विजयी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका बृजलाल साह सुडीलाई १ सय ९ मतले पछि पार्दै सुडी विजयी भएका हुन् । सुडीले ३ सय ५२ मत प्राप्त गरे ।


बलवा २ मा १५ सय ७७ कुल मतमध्ये ११ सय ५४ मत खसेको थियो ।


महोत्तरीको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । अन्य एक वडा र एक गाउँपालिका प्रमुख पदको मतगणना जारी रहेका प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए ।


प्रकाशित : मंसिर १५, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?