रौतहटको गढीमाई २ मा कांग्रेसका श्रेष्ठ विजयी

शिव पुरी

रौतहट — रौतहटको गढीमाई नगरपालिकाको २ नम्बर वडामा कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनी प्रतिद्वन्दी नेकपा र समाजवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । श्रेष्ठले ७७१ मत ल्याए । उनका निकटतम नेकपाका जबाहर मियाले ५९६ मत ल्याएका थिए । 

रौतहटको गढीमाई २ मा कांग्रेसका श्रेष्ठ विजयी

त्यस्तै समाजवादी पार्टीका दिनेश दासले १२२ मत ल्याए । दास तत्कालीन वडाअध्यक्ष जोगी दासका छोरा हुन् । स्थानीय निर्वाचनमा जोगी राजपाबाट वडामा जितेका थिए । छोरा दिनेश समाजवादीबाट चुनाव लडेका हुन् । जोगीको २०७५ बैशाख ७ गते मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । राति अबेर मतगणना सकिएको थियो ।

अघिल्लो स्थानीयतह निर्वाचनमा श्रेष्ठ थोरै मतान्तरले जोगीसित पराजित भएका थिए । कुल १ हजार ८ सय २२ मतदाता रहेको वडामा १ हजार ५ सय ४९ मत खसेको थियो ।


कांग्रेस, नेकपा, समाजवादी लगायतका पार्टी र स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा थिए । यहाँ ३ वटा मतदान केन्द्र थिए । ८५.०२ प्रतिशत मत खसेको छ ।




प्रकाशित : मंसिर १५, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?