कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रौतहटमा ८५ प्रतिशत मत खस्यो

शिव पुरी

रौतहट — रौतहटको गढीमाई नगरपालिका-२ मा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा ८५.२ प्रतिशत मत खसेको छ । राजपाका तर्फबाट स्थानीयतह निर्वाचनमा जितेका वडाअध्यक्ष जोगीदास तत्माको २०७५ वैशाख ७ गते मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

रौतहटमा ८५ प्रतिशत मत खस्यो

कुल १ हजार ८ सय २२ मतदाता रहेको वडामा १ हजार ५ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो । कांग्रेस, नेकपा, समाजवादीलगायतका पार्टी र स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।


मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जनाए । ‘निकै उत्साहजनक मतदाताको उपस्थिति रहयो,’ उनले भने,‘शान्ति सुरक्षा चुस्त थियो । मतदाताहरु निर्धक्क मतदानमा सहभागी भए ।’ यहाँ ३ वटा मतदान केन्द्र रहेको थियो । सबैभन्दा बढी इलाका हेल्थसेन्टर केन्द्रमा मतदान भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह १२ बजे सम्ममा ७० प्रतिशत बढी मत खसेको थियो ।


निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘हामीले मतदान केन्द्र वरपरका क्षेत्रलाई कभर गरी सुरक्षा प्रदान गरेका छौ,’ उनलेभने, ‘मतदाताहरुलाई निर्धक्कका साथ मतदान गर्नुस् भनेका थियौं ।’ निर्वाचन क्षेत्रमा सेनाले पैदल गस्ती गरेको थियो । सशस्त्र प्रहरीले समेत चोकमा गस्ती गरेको थियो । निर्वाचन भएको स्थानमा पास बिना कुनै पनि सवारीलाई आवतजावत गर्न दिइएको थिएन ।

प्रकाशित : मंसिर १४, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?