कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बारागढीमा ८२.६७ प्रतिशत मतदान 

पवन यादव

सिमरा — बाराको बारागढी गाउँपालिका- १ को वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा ८२ दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी मनिष कुमार साहका अनुसार, उक्त वडाको लागि ३ वटा मतदान केन्द्र कायम गरिएको थियो ।

उक्त निर्वाचनमा १९ सय ५६ जनाले मतदान गरेका हुन । जस मध्ये ९ सय २८ जना महिला र एक हजार २८ जना पुरुषले मतदान गरेका उनले जानकारी दिए । उक्त वडामा २ हजार ३ सय ६६ जना मतदाता रहेका छन् ।


वडाध्यक्ष नन्दलाल खाँ थारुको ब्रेन हेमरेज भएर गत वर्ष मंसिर १४ गते निधन भए पछि वडाध्यक्षको लागि उपनिर्वाचन भएको हो । वडाध्यक्ष खाँ को निधन भएपछि वडासदस्य रामखेलावन चौधरीले कार्य सञ्चालन गर्दै आएका थिए ।


वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा २ जना महिला र ७ जना पुरुष उम्मेदवार गरी ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । शनिबार राति करीव ८ बजेदेखि नै मतगणना सुरु गर्ने तयारी भइरहेको निमित्त जिल्ला निर्वाचन अधिकारी साहले जानकारी दिए ।

प्रकाशित : मंसिर १४, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?