पुलबाट बस खस्दा ३५ घाइते

बारा — पूर्वपश्चिम लोकमार्गको निजगढ-पथलैया सडक खण्डको जंगलमा पर्ने उनासी पुलबाट यात्रुवाहक बस खस्दा शुक्रबार कम्तीमा ३५ जना घाइते भएका छन् । घाइते हुनेमा सिन्धुलीबाट भैरहवास्थित सेनाको तालिम केन्द्र जाँदै गरेका बसमा सवार ६ सैनिक जवान घाइते भएका छन् । उनीहरुमध्ये सैनिक जवान सानुबाबु कार्कीसहित अन्य ३ सजना सर्वसाधारणको अवस्था गम्भीर छ ।

पुलबाट बस खस्दा ३५ घाइते

जवानहरु कृष्ण श्रेष्ठ, प्रकाश कार्की, महादेव चौधरी, अन्जना राई र भरत विक घाइते भएका हुन् । निजगढ नगरपालिका-९ मा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्थाअनुसार चितवन मेडिकल कलेज, हेटौंडा, चन्द्रनिगाहपुर, वीरगन्जलगायतको ठाउँका अस्पतालमा उपचारको लागि पठाइएको निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए । घाइतेमध्ये ६ जना समान्य उपचारपछि घर फर्केको उनले बताए ।

जनकपुरबाट बुटवल तर्फ जाँदै गरेको जलान ट्राभल्सको ना४ ख ७९९० नम्बरको बस निजगढ बजारबाट ३ किमी पश्चिममा पर्ने उनासी पुलबाट तल बगरमा खसेको थियो । तीव्र गतिमा गुडिरहेको बसको स्प्रिङपत्ता भाँच्चिएपछि बस पुलबाट मुनि खसेको प्रहरी निरीक्षक थपलियाले बताए । बस पुलकोबीच भागबाट ४० फिट तल खसेको थियो ।

प्रकाशित : मंसिर १३, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?