१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धर्नापछि होस्टेल फर्किँदा विद्यार्थीमाथि कुटपिट

‘वीरगन्जवासी हामीलाई साथ देउ’
भूषण यादव

(वीरगन्ज) — शुक्रबार राति करिब ८ बजेको समयमा नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्यनरत विद्यार्थीले वीरगन्जको सडकमा मेडिकल माफियाको लडाइँमा वीरगन्जवासीको साथ मागेका छन् । 

धर्नापछि होस्टेल फर्किँदा विद्यार्थीमाथि कुटपिट

अतिरिक्त शुल्क फिर्ताको माग राख्दै कलेजको मुलगेट अगाडि धर्नामा बसेका विद्यार्थी साँझ होस्टेल फर्किने क्रममा कलेज परिसरमा रहेका व्यवस्थापन पक्षका केही युवा र एमबिबिएस चौथौँ वर्षका केही विद्यार्थी मिलेर आन्दोलनरत विद्यार्थीमाथि हातपात गरेका थिए । छात्रालाई दुर्व्यहार समेत गरेका थिए । ‘कलेज व्यवस्थापनको गुन्डागर्दीको विरोधमा यति राति सडकमा उत्रिएका हौँ,’ एक विद्यार्थीले भने, ‘शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने वातावरण छैन ।’ कलेज परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित भए पनि मुकदर्शक बनेको विद्यार्थीले गुनासो गरेका छन् ।

प्रहरी प्रशासनलाई यसअघि पनि पटकपटक कलेज परिसरमै कुटिएको गुनासो गर्दा पनि कुनै कारबाही नभएको विद्यार्थीले आरोप लगाएका छन् । ‘मेडिकल माफिया मुर्दावाद, गुन्डागर्दी गर्न पाइँदैन्, केटीलाई पिट्न पाइँदैन्, वीरगन्जवासी हामीलाई साथ दिनुस्,’ लगायतका नारा लगाउँदै विद्यार्थीले राति वीरगन्ज बजार परिक्रमा गरेका छन् । नेशनल मेडिकल कलेजका एमडी बशरुद्दिन अन्सारी निजी मेडिकल कलेजका अध्यक्षसमेत हुन् ।


सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिए पनि कलेजले टेरेका छैनन् । विगत एक महिनादेखि विद्यार्थी आन्दोलनरत छन् । कलेजको १८ औँ व्याचका एमबिबिएस प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीका अनुसार कलेज व्यवस्थापनले लाइब्रेरी चार्जको नाममा ३५ हजार, खेलकुदबापत ४० हजार, सिडिपी चार्ज ५० हजार, होस्टेल र मेस चार्ज १५ हजार, इन्टरनेटबापत एक हजार ४ सय रुपैयाँ लगायत शीर्षकमा १२ लाख रुपैयाँ बढी असुल्ने गरेको छ ।

कलेजको होस्टलमा नबसे पनि होस्टलको शुल्क दाखिला गर्नुपर्छ । जबकि होस्टल बस्नुपर्ने अनिवार्य छैन । काठमाडौँ उपत्यका बाहिर राज्यले निर्धारण गरेको ४२ लाख ५० हजार रुपैयाँ शुल्क भन्दी नेसनल मेडिकल कलेजले बढी रुपैयाँ लिएको विद्यार्थीले बताउँदै आएका छन् । ‘विभिन्न बहानामा प्रति विद्यार्थी १२ लाख देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेका छन्,’ ती विद्यार्थी भन्छन्, ‘अतिरिक्त शुल्क फिर्ताको माग राख्दा कलेजका सञ्चालक बशरुद्दिन अन्सारीले गुन्डा लगाएर कुटपिट गराएका छन् ।’


कलेजका एमडी अन्सारीले जुनियर विद्यार्थीको आन्दोलनका कारण अरु पढ्ने विद्यार्थीलाई नोक्सानी भएपछि सिनियर विद्यार्थीहरु आन्दोलनको विरोध गरेको बताए ।

प्रकाशित : मंसिर ६, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?