संघीय सांसदको योजना : हात्ती नियन्त्रणदेखि कलेजसम्म 

सप्तरी — सप्तरीका संघीय सांसदले यसवर्ष तोकिएको समयमै योजना छनोट गरेका छन् । निर्वाचन क्षेत्रवाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदको संयोजकत्वमा रहेको समितीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको योजना छनोट गरेका हुन् । 

चारवटा संघीय निर्वाचन क्षेत्र रहेको सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ का सांसदले ६ करोड रुपैयाँ एउटै योजनामा लगाउने निर्णय गरेका छन् । सप्तरी १ का सांसदले कञ्चनरुप र सप्तकोसी नगरपालिकाले हात्ती नियन्त्रणका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको समितिका सदस्यसचिव रहेका जिल्ला समन्वय अधिकारी नवराज खड्काले जानकारी दिए । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रवाट आउने हात्तीको समुहले जिल्लाको उतरी क्षेत्रमा आतंक मच्चाउँदै आएको छ । हातीको आक्रमणवाट वर्षेनी सर्वसाधारणको ज्यान जाने गरेको छ भने कयौ घाइते हुने गरेका छन् । हात्तीले सर्वसाधारणको घर भत्काएर लाखौको अन्नवाली नष्ट गर्दे आएको छ ।


कोसी टप्पुवन्य जन्तु आरक्षमा रहेका हात्ती लगायतका वन्यजन्तुवाट हुने जनधनको क्षति रोक्नका लागि विपद् जोखिम न्यूनीकरण गर्न सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका हुँदै हनुमाननगर कंकालिनी नगरपालिकासम्म आरक्षको सिमा क्षेत्रमा आरसिसी पर्खाल निर्माण गर्ने भएका छन् । त्यस कार्यका लागि निर्वाचन क्षेत्र नम्बर १ मा संघिय सांसदले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतको ६ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।


यस्तै निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसदले पनि कार्यक्रमको ६ करोड रुपैयाँ एउटै योजनामा लगाउने निर्णय गरेका छन् । सप्तरी क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको अध्यक्षतामा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देव, प्रतिनिधिसभा सदस्य दुलारीदेवी खंगसहित समितीका अन्य सदस्यको बैठकले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ६ करोड रुपैयाँ स्नातक तह इन्जिनयरिङ विषयको अध्ययन अध्यापनका लागि भवन निर्माण कार्यमा लगाउने निर्णय गरेको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बुहुमुखी क्याम्पसको हाताभित्र त्रिभुवन बिश्व विद्यालयको सम्बन्धनमा त्रिविको आंगिक क्याम्पस अन्तर्गतको कार्यक्रम रहने गरी स्नातक तह इन्जिनियरिङ विषय अध्यनअध्यापनका लागि भवन निर्माणमा ६ करोड रुपैया दिने निर्णय निर्वाचन क्षेत्र नम्बर २ का सांसदहरूले गरेको सदस्य सचिव खडकाले जनाए ।


निर्वाचन क्षेत्र नम्बर २ का सांसदहरूको इन्जिनियरिङ कलेज भवन निर्माणको योजनामा क्षेत्र नम्बर ३ का सांसदहरूले पनि सहयोग गर्ने भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित चन्द्रकान्त चौधरीको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित : मंसिर २, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?