२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चेम्बरद्वारा सम्मान

जनकपुर — धनुषा चेम्बर अफ कमर्सको दोस्रो साधारणसभामा शनिबार विभिन्न क्षेत्रमा योगदान दिने अगुवालाई सम्मान गरेको छ । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई दोसल्ला तथा प्रसंशापत्र प्रदान गरी सम्मान गरेका थिए । 

सम्मानित हुनेमा जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सरस्वती, जानकी र कन्या माविसँगै अनेकौं मठ–मन्दिर, धर्मशाला निर्माण गर्ने दाता परिवारका रामचन्द्र साह, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, साहित्यकार अयोध्यानाथ चौधरी तथा पूर्वमन्त्रीस्वर्गीय मकेश्वरप्रसाद सिंह तथा स्वर्गीय डा. जयवल्लभ दास, मोडेल मल्टिपल कलेजका प्रदीप लाललगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित : मंसिर १, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?