धारिलो हतियारले हत्या

कान्तिपुर संवाददाता

सर्लाही — जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने चक्रघट्टामा मंगलबार साँझ एक महिलाले धारिलो हतियार प्रहार गरी आनै सौताको हत्या गरेकी छन् । चक्रघट्टा गाउँपालिका–४, का शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले आनै सौता २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् । 

पराल काट्ने फलामको धारिलो हतियारले हत्या गरी झोलामा हालेर फाल्न तयारी गरेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले घरको छतबाट हाम फालेर भाग्न खोज्दै गर्दा अभियुक्त कोरैसालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिलाको हत्यामा प्रयोग गरिएको हतियार घरको भर्‍याङ मुनि लुकाएको अवस्थामा बरामद भएको छ । कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको स्थानीयले बताए । उनीहरूका श्रीमान शेख बलाल तीन दिन अघिमात्रै वैदेशिक रोजगारमा गएका छन् । पक्राउ गरिएको कोरैसालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?