१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अमेरिका सहयोग गर्न उत्सुक

सन्तोष सिंह

(धनुषा) — अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा सहयोग गर्ने उत्सुकता देखाएको छ । अभियानप्रति अमेरिकी सरकारले सहयोग गर्ने चासो देखाएको हो ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अमेरिका सहयोग गर्न उत्सुक

प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदूत बेरीले बुधबार प्रदेश सरकारका प्रतिनिधि, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई भेटेपछि कार्यक्रममा सहयोग गर्ने बताएका हुन् ।


३ दिनदेखि जनकपुरमा रहेको राजदूत बेरीसहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोलीसँग छलफल गरेको छ । राजदूत बेरीले सहयोग गर्ने उत्सुकता देखाएको अभियानकी संयोजक प्रियंका यादवले बताइन् ।


प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालय निर्माण, ९ हजार नवजात छोरीहरुको विमा र महिलाहरुको लागि लोकसेवा तैयारी कक्षा लगायत कार्यक्रम सञ्चालन गरेको छ । सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोग गर्ने इच्छा व्यक्त गरेको यादवले बताइन् ।

प्रकाशित : कार्तिक २७, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?