राजयोग शिविर

कान्तिपुर संवाददाता

पर्सा — ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगन्जको आयोजनामा सञ्चालन भएको तीनदिने शिविर मंगलबार सम्पन्न भएको छ । वीरगन्जको विर्तास्थित नवनिर्मित ओम शान्ति भवनको उद्घाटनको अवसरमा शिविर आयोजन गरिएको हो । 

शिविरमा दैनिक राजनीतिज्ञ, समाजसेवी, उद्योगी व्यवसायी, शिक्षाविद् एवम् राष्ट्रसेवक कर्मचारीका लागि बिहानी सत्रमा मनको शान्तिका लागि राजयोग सन्चालन गरिएको थियो । त्यसैगरी, साँझको सत्रमा सर्वसाधारण सबैका लागि तनावमुक्त खुसियाली जीवन एवम् समृद्ध राष्ट्रका लागि शिविर आयोजन गरिएको थियो । शिविरका सहभागीलाई योगको प्रशिक्षण दिइयो । दुवै शिविरमा गरी करिब ५ हजार जनाको सहभागिता रहेको केन्द्रकी सञ्चालिका रविना बहनले जानकारी दिइन् ।

प्रकाशित : कार्तिक २७, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?