कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चितुवाको छालासहित पक्राउ

कान्तिपुर संवाददाता

धनुषा — नेपालबाट चितुवाको छाला भारत लैजाँदै गरेका तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपालिका–४ बस्ने ३६ वर्षीय जयराम मण्डललाई चितुवाको छालासहित पक्राउ गरिएको  सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए । 

चितुवाको छालासहित पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वाटर धनुषाबाट खटिएको ६ जनाको स्क्वाइड टोलीले शुक्रबार साँझ जाँचको क्रममा चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको उप्रेतीले बताए ।


चितुवाको छाला मोटरसाइकलमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चितुवाको शरीरको ५ फिट छाला र पुच्छरसहित गरी ७.५ फिट लम्बाई र ४.५ फिट चौडाइको रहेको छाला बरामद भएको हो ।


पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।

प्रकाशित : कार्तिक २३, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?