२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सडक अतिक्रमणले दुर्घटनाको जोखिम

ओमप्रकाश ठाकुर

(सर्लाही) — नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत गम्हरियादेखि मलंगवाको शिवसागर चोकसम्म सडकमै प्लाई उद्योगले काटिएका काठ सुकाउने गरेका छन् । यसरी उद्योगले सडकनै अतिक्रमण गरी काठ सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ । 

प्लाई उद्योग सञ्चालकले काठ घाममा सुकाउन मुख्य सडक चुनेका छन् । तर, मुख्य सडकमा काठ सुकाउँदा दुर्घटनाको ख्यालै गरेको पाइँदैन । दुई लेनको सडकको दुवै छेउमा प्लाई उद्योगले काठ राख्ने गरेका छन् । काठ सुकाउन सडकमै दर्जर्नौ मजदुर पनि खटिएका हुन्छन् । यस क्षेत्रमा आधा दर्जन प्लाई उद्योगहरु छन । सवै उद्योगले सडक मिचेरै काठ सुकाउने गरेका छन । सडकको दायाँ र बाँया भागमा काठ रहेका कारण यात्रुवाहक बस ओहोर दोहोर गर्ने समयमा पैदल यात्रु, मोटरसाइकल तथा साइकल चालकलाई निकै कठिन हुने गरेको छ ।


गम्हरिया देखि शिवसागर चोकसम्मको सडकको दुवै भागमा प्लाई नै प्लाईले भरिएका कारण सवारीसाधनलाई साइड दिन निकै कठिन हुने गरेको गम्हरियाका दिनेश रायले बताए । उनले सवारीसाधनलाई साइड दिने क्रममा कयौँ पटक चिप्लेर लडनुपरेको द:खेसो पोखे । रायले उद्योगीले सडकमै काठ सुकाउने गरेकाले दुर्घटनाको सम्भावना भएपनि सम्बन्धित निकाय मौन बसेको बताए । ‘प्लाई उद्योगीको लापरवाहीले पैदल र साइकल यात्रुलाई समस्या छ, सडक अतिक्रमण गरिएपनि सम्बन्धित निकाय मौन बसेको छ,’ रायले भने, ‘सवारीसाधनलाई साइड दिने क्रममा प्लाईमा चिप्लिएर कयौँपटक लडेका छौँ, संयोग मान्नु पर्छ दुर्घटनामा ज्यान गएको छैन ।’


उनी मात्र हैन पैदल यात्रु, साइकल तथा मोटरसाइकल यात्री प्रत्येकदिन उद्योगले सुकाउन लाई राखेको काठमा चिप्लिएर लडने गरेका छन । काठ सुकाउन अतिव्यस्त सडकमा दर्जनौं मजदुर पनि खटिएका हुन्छन । मुख्य सडकमा सवारीको चाप बढेका बेला मजदुरको पनि ज्यान जोखिममा छ । मजदुरहरुले मुख्य सडकमा दुर्घटनाको जोखिम भएपनि परिवार पाल्न सडकमै खटिनु परेको बताए ।


प्लाई उद्योगको लापारवाहीले जुनसुकै बेला दुर्घटना निम्त्याउने ट्राफिक प्रहरीको भनाई छ । सडकमै प्लाई सुकाउने गरेका कारण दुर्घटनाको सम्भावना भएकाले स्थानीय प्रहरी र जनप्रतिनिधिले पटक पटक भन्दा पनि उद्योगीले टेरेका छैनन । मलंगवा नगरपालिकाका मेयर निर्षल साहले खेतमा पानी भएकाले विकल्पको रुपमा उद्योगपतिले सडकमै काठ सुकाउने गरेको बताए । ‘सडकमा दुर्घटनाको जोखिम हुने भन्दै उद्योगपतिलाई सडकमा नसुकाउन आग्रह गरे, तर उनीहरुले खेतमा पानी भएकाले प्लाईको काठ सडकमै सुकाउनु पर्ने बाध्यता सुनाए,’ उनले भने, ‘व्यापारीको पनि पीड मर्का बुझनु पर्‍यो, तर एक साइडमा मात्र सुकाउनलाई म फेरी प्रयास गर्दैछु ।’


प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले सडकमै प्लाई राख्ने प्रवृत्ति अत्यन्तै गलत भएको बताए । उनले हरेक कामका लागि प्रहरीले नै भन्नु पर्ने र गर्नुपर्ने भन्दा पनि यसतर्फ उद्योगी आफैले सोच्नु पर्ने र सजग हुनुपर्ने जानकारी दिए । कुनै बेला ठुलो दुर्घटना परे उद्योगपति समेत समस्यामा पर्ने भएकाले आफैले सजगता अपनाउनु पर्ने उनको भनाई छ । स्थानीय तहले पछिल्लो समय ग्रामिण क्षेत्रमा सडक कालोपत्रे गरेपनि यस क्षेत्रमा सडकमै पशु बाँध्ने, टायर गाँडा राख्ने र सडकमै अन्न समेत सुकाउने गर्दै आएका छन् ।


प्रकाशित : कार्तिक २३, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?