१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यौन दुर्व्यवहारलाई ढाकछोप प्रयास 

कान्तिपुर संवाददाता

बारा — चार वर्षीया एक बालिकामाथि यौन दुर्व्यवहार भएपछि त्यस घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको पीडित परिवारले आरोप लगाएका छन् । आदर्शको तवाल गाउँपालिका-४, इनर्वा गाउँका ४५ वर्षीय शेख इसराईलले गत बुधबार दिउँसो यौन दुर्व्यवहार गरेपछि घटनालाई मिलाउन खोजिएको पीडित परिवारले आरोप लगाएका हुन् ।

पीडित परिवारकाअनुसार यौन दुर्व्यवहार गर्नेमाथि प्रहरीमा किटानी जाहेरी दिएपनि गाउँका कही जनाले घटनालाई ढाकछोप गरी गाउँमै मिलाउने प्रयास गरेका हुन् । तर जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले घटना प्रहरीमा दर्ता भइसकेको जनाए ।

पीडकको खोजी भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । प्रहरी उपरीक्षक खनालकाअनुसार पीडक इसराइल घर बनाउँदै गरेको अवस्थामा ती बालिका एक्लै त्यही खेल्दै गरेको अवस्थामा उनले जबरजस्ती करणी गर्न खाजेका थिए । बालिकालाई करणी प्रयास गरेर छाडेको अवस्थामा बालिका रुँदै घरतर्फ गएकी थिइन् । उनकी आमाले सोध्दा बालिकाले घटनाबारे बताएकी थिइन् ।

पछि पीडित परिवारले प्रहरीलाई खबर गरी बोलाउँदा पीडक इसराइल भागेका हुन् । पीडक सीमा पारि भागेकाले त्यता पनि सादा पोसाकको प्रहरी खटाइएको प्रहरी उपरिक्षक खनालले बताए । पीडितको कलैया अस्पतालमा स्वास्थ्य परिक्षण गारी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : कार्तिक २१, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?