कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बारामा स्थानीय र प्रहरीबीच झडप 

लक्ष्मी साह

(बारा) — कलैया उपमहानगरपालिका–१५, बकुलहर गाउँमा स्थानीयबासिन्दा र प्रहरीबीच बुधवार राति झडप भएको छ । झडपले उग्ररुप लिएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । झडपमा दुवैतर्फ केही घाइते भएका छन् ।

केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच भएको सहमति कार्यान्वयन नभएपछि प्रहरीले छठ घाटको छठी माताको माटो र ईंटले बनाइएको पिंड उठाउन जाँदा झडप भएको हो । हिन्दू र मुस्लिम समुदायबीच छठी माताको पिंड गत १९ गते (छठपछि) उठाउने सहमति थियो । त्यही छठ घाट नजिक मुस्लिम समुदायको कबरगाह (मसानघाट) पनि छ ।

झडपमा प्रहरी निरिक्षक रुद्रबहादुर शाहीसहित केही सुरक्षाकर्मीलाई स्थानीयले गरेको ढुंगा प्रहारबाट चोटपटक लागेको प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठौरले बताए । त्यसैगरी प्रहरीलाई घेरा हालेका स्थानीयमाथि प्रहरीले लाठी प्रहार गर्दा केही महिलासहित स्थानीयहरुसमेत घाइते भएको स्थानीय सामाजिक अगुवा मदन सहनीले बताए ।


‘पिंड उठाउने विवाद भएपछि उक्त पिंड वडा कार्यालय १५ मा राखिएको छ,’ प्रहरी नायब उपरिक्षक राठौरले भने, ‘गाउँमै बसेर विवाद मिलाउने सहमति भउपछि पिंड त्यहाँ राख्यौ ।’


प्रकाशित : कार्तिक २१, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?