३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश प्रमुख परियारले सम्हाले पदभार

अजित तिवारी

जनकपुर — प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले बुधबार पदभार ग्रहण गरेका छन् । परियारलाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जनकपुरस्थित कार्यालयमा स्वागत गरेका छन् ।

प्रदेश प्रमुख परियारले सम्हाले पदभार

बुद्ध एयरको बिहानको जहाजमा जनकपुर अवतरण गरेका प्रदेश प्रमुख परियारलाई एयरपोर्टमै संघीय सरकारका मन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे ।


प्रदेश २ मा सरकार रहेको समाजवादी पार्टी अध्यक्ष रहेका यादव बुद्ध एयरबाटै काठमाडौं फर्किने क्रममा दुवै जनाको भेटघाट भएको हो । ‘मिथिलानगरी जनकपुरमा स्वागत छ’ मन्त्री यादवले प्रदेश प्रमुख परियारलाई स्वागत गर्दै भने । प्रदेश प्रमुख परियार श्रीमती र नेपाली सेनाको निजी अंगरक्षकसहित जनकपुर पुगेका हुन् । प्रदेश प्रमुख परियारलाई एयरपोर्टमा नेकपाका सांसद, नेता र मेयरहरुले भब्य स्वागत गरे ।


एयरपोर्टबाट सोझै प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानामा परियार पुगेका थिए । त्यहाँ उनलाई सरकारमा मन्त्री, सचिव र कर्मचारीहरु स्वागत गरेका थिए ।



प्रकाशित : कार्तिक २०, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?