कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

चलचित्र महोत्सवको तयारी पूरा

कान्तिपुर संवाददाता

पर्सा — कात्तिक २१ देखि वीरगन्जमा सुरु हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सव ०७६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । वीरगन्जमा पत्रकार सम्मेनल गरी महोत्सव बारे जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष विमल पौडेलले महोत्सवको उद्घाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले गर्ने बताए । पौडलले तराई र मधेसका पात्रलाई पनि नेपाली चलचित्रको मूल धारमा ल्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।


पौडेलले महोत्सवमा नेपाली चलचित्रका पुराना पुस्ताका शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, निर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खडका, पल शाह, केकी अधिकारी, सामाज्ञी राज्यलक्ष्मी शाहसम्मका अभिनेता अभिनेत्रीदेखि नेपाली चलचित्र क्षेत्रसँग जोडिएका अन्य विधाका हस्तीसमेत सक्रिय सहभागी हुने बताए । उनले महोत्सवको आकर्षण बलिउडका चर्चित अभिनेता गोविन्दा पनि रहने बताए । पौडेलले नेपाली भाषी मात्र नभई मुलुकका अन्य भाषाभाषीले पनि हेर्ने र मनपराउने खालको बनाउन नेपाली चलचित्रलाई समयानुकुल र परिस्थितिजन्य रूपमा कथा तयार गरी निर्माण गर्न पनि महोत्सवले सघाउने बताए ।


वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले महोत्सवले कुनै न कुनै रूपमा वीरगन्जलाई लाभ मिल्ने हुँदा वीरगन्ज महानगरपालिकाको समेत महोत्सवलाई आवश्यक सहयोग गरेको बताए । उनले महोत्सवको सफलताले यस क्षेत्रकै भाषा, कला, संस्कृति एवं कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।


वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्याक्ष सुवोधकुमार गुप्ताले वीरगन्ज क्षेत्रकै पर्यटन प्रवर्द्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू आशावादी रहेको बताए । उनले यस भेगका बासिन्दाले महोत्सवको सक्दो लाभ लिन सक्नुपर्ने बताए । महोत्सव आयोजक समितिका स्थानीय संयोजक नन्दु श्रीवास्तवले वीरगन्जेली सञ्चार जगत र वीरगन्जबासीलाई महोत्सवको सफलताको हातेमालो गर्न आग्रह गरेका थिए ।


प्रकाशित : कार्तिक १९, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?