जनकपुरमा भ्रमण वर्ष २०२० शुभारम्भ 

श्यामसुन्दर शशि

जनकपुर — जनकपुरमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीबाट बिहीबाररदेखि प्रदेश  २ मा भ्रमण वर्षको शुभराम्भ गरिएको हो । 

जनकपुरमा भ्रमण वर्ष २०२० शुभारम्भ 

संघीय सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , प्रदेश २ का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय,राज्यमन्त्री योगेन्द्र राय यादव, नेपाल पर्यटन वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यसहित जनकपुर उपमहानगरपालिकका मेयर लालकिशोर साहसहित संघीय र प्रदेशका सांसदहरुले हातेमालो गरेर पर्यटन वर्ष २०२० सुरु भएको उद्घोष गरेका थिए ।


२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर नेपाल सरकारले आयोजना गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ छठ पर्वको पूर्व सन्ध्यामा जनकपुरधामबाट गरिएकोमा स्थानीयवासीले प्रशन्नता व्यक्त गरेका छन् ।


उपप्रधानमन्त्री यादवले नेपाल विश्वकै पहिलो पर्यटकीय गन्त्व्य रहेको बताए । धार्मिक सांस्कृतिक, प्राकृतिक सुन्दरता तथा ऐतिहासिक पृष्टभूमिका कारण नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्या निरन्तर बढ्दो रहेको उनले बताए । पर्यटन मन्त्री भट्टराईले भ्रमण वर्षलाई निरन्तरता दिइने बताए । मन्त्री भट्टराईका अनुसार यो निरन्तर चल्ने प्रकृया हो । यसको प्रतिफल एक दुई वर्षपछिमात्र हेर्न सकिन्छ ।

प्रकाशित : कार्तिक १४, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?