कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिले राजनीति, अहिले व्यापार 

सुनिता बराल

बर्दिबास — उज्यालो नहुँदै उनको मोबाइल बज्न थाल्छ । फोन उठाउँदै उनी घरबाट बाहिरिन्छन् । कैलालीबाट महोत्तरीको बर्दिबास आएर चिया व्यापार थालेका खेमराज देवकोटाको दैनिकी हो यो । 

थर्मसमा चिया बोकेर जसले जहाँ भन्छ त्यही अर्डरअनुसार पुर्‍याउन थालेपछि उनको व्यस्तता बढेको हो । ०६९ मा राजनीतिमा

सक्रिय देवकोटालाई परिवारको गुनारा चलाउन मुस्किल भएपछि चिया बेच्न थालेको बताउँछन् ।


बर्दिवासमा आएर व्यापार गर्न थालेको छोटो समयमै उनलाई विभिन्न संघ संस्था, घर र व्यक्तिहरूले समेत चिाया अर्डर गर्न फोन गर्न थालेको उनले सुनाए । विभिन्न नगरस्तरीय सभा सम्मेलनले समेत चिया खुवाउने निम्ता गर्न थालेका उनी बताउँछन् । भारतको पटनामा करिब १ वर्ष चिया बेचेर उनी ४ महिना अघि नेपाल फर्किएका थिए ।


अरुको देशमा गर्ने काम

आफ्नो देशमा आएर गर्दा छुट्टै सम्मान मिलेको अनुभव सँगै राम्रो आम्दानी पनि भएकोमा खुशी लागेको देवकोटा बताउछन् । ‘काम खोज्दै भारतको पटना पुगेको थिएँ,’ देवकोटाले भने, ‘त्यहाँ गएर चिया बेच्न थालियो, पेशा सानो–ठुलो नभनि काम गरे ज्यान पाल्न गाह्रो रहेनछ भन्ने लाग्यो ।’ चिया बेचेरै नेपालमै पनि राम्रो आम्दानी गर्न सकिने भए किन नगर्ने भनेर बर्दिवासमा आएर चिया बेच्न शुरु गरेपछि अहिले सोचेभन्दा राम्रो आम्दानी भइरहेको उनले बताए ।


अहिले बर्दिवासका विभिन्न घर, पसल, बजार, संघसंस्था, सभा सम्मेलनमा देवकोटाले दैनिक ३ सय कपसम्म चिया बेच्छन् ।


घरायसी जडिबुटिको समेत प्रयोग गरेर तयार पारेको मसलाको बास्ना र स्वादसहित उनले बेच्ने गरेको चिया स्वस्थकर पनि भएकाले देवकोटाले नै बनाउने चिया आफुले खाने गरेको बर्दिवास १ कि घर भएकी महिला स्वास्थ्य स्वयंसेविका सरिता रौनियारले बताइन् ।

जहाँबाट अर्डर आयो त्याहि हट थरमसमा तयारी चिया र कप लिएर देवकोटा घरघरमा समेत पुग्न थालेपछि बर्दिवासमा गृहणीहरू समेत चिया बनाईराख्नु पर्ने झन्जटबाट मुक्त भएको भन्दै खुशी हुन थालेका छन् ।


बोलाएपछि घरमै पनि सेवा पुर्‍याउने देवकोटाले गृहणी महिलालाई सहयोग गरेको बर्दिवास १४ कि शिक्षीका उमा पोखरेलले बताइन् ।


अहिले देवकोटाले कैलालीमा रहेको आफ्नो ६ सदस्सिय परिवार चियाको व्यापारबाट हुने आम्दानीले पालेको बताउछन् । ‘५०/६० हजार कमाउन विदेशै जान नपर्ने रहेछ,’ उनले भने, ‘नेपालमै कमाएको आम्दानीले पनि मैले २ छोरी र १ छोरा को पठनपाठन सगैँ ६ सदस्य परिवारलाई सजिलै धानेको छु ।’


कालो नुन, ल्वाङ, सुकुमेल, जाइफल, जायपत्री, तेजपत्ता, कालोमरिच, थनो, ठुलो सुपलगायतका सामाग्रिको मसला आफैँले तयार पारेर बनाएको फिक्का चिया शरीरका लागि फाइदाजन हुने भएकाले पनि बर्दिवासमा चिया खाने मानिस बढ्दै गएका देवकोटाले बताए ।


घरमै पुर्‍याउने सहज सेवा का कारणपनि देवकोटाको चिया व्यापार बर्दिवासमा फस्टाएको छ । विरामीले खाने चिया पनि देवकोटाले तयार पार्ने हुदा देवकोटालाई सुगर, प्रेसर लगायतका बिरामीले समेत खोज्ने गरेका छन् । प्रेसरको विरामी भएकाले चिनी विनाको मसलेदार चिया खान सधैं देवकोटालाई आफूले खोज्नेगरेको महोत्तरीका

भूमि अभियान कर्मी राजकुमार बस्नेतलले बताए ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?