कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जथाभावी जंगल फँडानी, वनकै माटो कटान  

सडक कालोपत्रे गर्न ठेक्का लिएको कम्पनीले बिनाअनुमति एक्जाभेटर लगाएर हरिया रुखहरू कटान गरेको छ
लक्ष्मी साह

(बारा) — सडक डिभिजन कार्यालय हेटौंडाले ठेक्का लगाएको सडक निर्माणमा जथाभावी जंगल फँडानी गरिएको छ । निजगढ नगरपालिकाको वडा १, २ र ३ को भरतगन्जसिंगौल जाने मुख्य सडकको पेटीका दर्जनौ हरिया रुख फँडानी गरिएका हुन् ।

सडक विस्तार गरी कालोपत्रे गर्ने क्रममा रुखहरू रातारात एक्साभेटर प्रयोग गरी कटान गरिएको हो । अनुमति नलिई फँडानी गरिएपछि बन डिभिजन कार्यालयले रुख कटान गर्न प्रयोग गरिएको एक्साभेटर मंगलवार नियन्त्रणमा लिन खोज्दा स्थानीयले वन कर्मचारी र प्रहरीमाथि हातपातसमेत गरेका छन् । स्थानीयले कार्यालयको गाडीमासमेत तोडफोड गरेका छन् । उनीहरूले ना१झ १६९५ नम्बरको बोलेरो गाडीमा तोडफोड गरेका हुन् । गाडीको अगाडिको सिसा, लुकिङ ग्लास फुटेको छ ।


सडक विस्तार गर्न भन्दै हरिया रुख ढालेको जानकारी पाए लगतै डिभिजनका टोली एक्साभेटर त्यस स्थानमा पुगेका थिए । निजगढ नगरपालिका–३ भरतगन्ज सिंगौलस्थित पिपलटारको चौरमा वेवारिसे अवस्थामा भल्भो कम्पनीको इसी एक्साभेटर फेला पारेका थिए । एक्साभेटरलाई नियन्त्रणमा लिइ ल्याउन खोज्दा राती ४/५ सय भन्दा बढी गाउँलेको समुहले अवरोध सिर्जना गर्दै डिभिजन वनका कर्मचारीलाई घेराउ गरेर हातपात गरेका थिए ।


निजगढबाट भरतगन्जसिंगौल गाउँ जाने ७ किमि ग्राभेल बाटोलाई कालोपत्रे गर्ने क्रममा जंगल फँडानी भइरहेको हो । ५ फीट चौडा भएको ग्राभेल सडकलाई विस्तार गरेर ६ मिटर चौडा बनाउन जंगलको हरिया रुख जथाभावी फँडानी गरिएको छ ।


सडक डिभिजन कार्यालयका एक प्राविधिककाअनुसार वडाध्यक्षको सल्लाहमा विद्युत प्राधिकरणले भाडामा एक्साभेटर लिएर विद्युतको तार (हाइटेन्सन) मुनिको रुख कटान गर्ने बहानामा उक्त हरिया रुखहरू कटान गरेका हुन् । ‘रुख स्थानीयले काट्न लगाएका हुन्, अरु कुरा थाहा छैन्,’ वडाध्यक्ष केशव ढोडारीले भने, ‘सडक विस्तार गर्ने आवश्यकता बुझेर रुख कटानका लागि डिभिजन वनदेखि मन्त्रालयसम्म पुग्यौं । नसकेपछि स्थानीयले आवश्यक्ताअनुसार रुख काटेका हुन् ।’ । सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले सडक निर्माणको क्रममा रुख कटान गर्ने एक्साभेटर निर्माण कम्पनीको नरहेको बताए ।


‘पहिला जुन सडक थियो, त्यसैमा कालोपत्रै गर्न ठेक्का दिएका हौं, रुख कटान र सडक विस्तार गर्नेसित हाम्रो सरोकार छैन,’ उनले भने, ‘पप्पु रञ्जन जेभी निर्माण कम्पनीले १३ करोडमा कालोपत्रे गर्न ठेक्का लिएको हो ।’ सडक विस्तार गरी कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले अनुमति नलिइ तीन दर्जन भन्दा बढी हरिया रुख एक्साभेटर प्रयोग गरी ढालेको डिभिजन वन कार्यालयका एक अधिकारीले बताए ।


सडक निर्माण सुरु भएदेखि नै निर्माण कम्पनीले वन क्षेत्रको माटो काटेर सडकमा हाल्ने, कहिले सामुदायिक वन क्षेत्रको तारबार भत्काउने र बोटविरुवा नष्ट गर्ने गरेको पाइएको छ । जनज्योती, जनहित सामुदायिक वन उपभोक्ता समुह र राष्ट्रिय वनका रुख कटानी गरिएको हो । सडक बनाउने नाममा जथाभाबी वन फँडानी गरिएको डिभिजन वन कार्यालयका प्रमुख मंजुर आलमले बताए । ‘कुनै प्रक्रिया पुरा नगरी वनलाई हानी नोक्सानी गरी गम्भीर वन अपराध गरिएको छ,’ उनले भने ।


वनकै माटो कटान

यसैबीच निजगढदेखि भरतगन्जसिंगौंल हुँदै मकवानपुरको फापरबारी जोड्ने निर्माणधिन सडकमा निर्माण कम्पनीले वनकै माटोले सडक पुरिएको छ । सडक पुर्न माटो झिक्दा वनमा ठुलो खाडल परेर रुखहरू ढलेका छन् । यस काममा जनप्रतिनिधिले नै ठेकेदारलाई सघाएको आरोप छ ।


सडक छेउ खनेका दर्जनौं खाडलमा वर्षाको पानी जम्दा दुर्घटनाको जोखिम बढेको छ । एक्साभेटरले वन क्षेत्रको माटो खनेर सडक भर्ने क्रममा स्थानीय, जनप्रतिनिधि र वन कर्मचारीबीच विवाद हुँदै आएको छ । ‘सडकमा पुर्नुपर्ने माटो अन्तबाट नल्याएर वनकै माटो प्रयोग गर्नु गैरकानुनी र मनोमानी हो,’ डिभिजन वन कार्यालयका एक अधिकृतले भने, ‘यो काममा जनप्रतिनिधिले सघाएपछि कारवाही गर्न चुनौती छ ।’


यसैबीच निजगढदेखि भरतगन्जसिंगौंल हुँदै मकवानपुरको फापरबारी जोड्ने निर्माणधिन सडकमा निर्माण कम्पनीले वनकै माटोले सडक पुरिएको छ । सडक पुर्न माटो झिक्दा वनमा ठुलो खाडल परेर रुखहरू ढलेका छन् । यस काममा जनप्रतिनिधिले नै ठेकेदारलाई सघाएको आरोप छ ।


सडक छेउ खनेका दर्जनौं खाडलमा वर्षाको पानी जम्दा दुर्घटनाको जोखिम बढेको छ । एक्साभेटरले वन क्षेत्रको माटो खनेर सडक भर्ने क्रममा स्थानीय, जनप्रतिनिधि र वन कर्मचारीबीच विवाद हुँदै आएको छ । ‘सडकमा पुर्नुपर्ने माटो अन्तबाट नल्याएर वनकै माटो प्रयोग गर्नु गैरकानुनी र मनोमानी हो,’ डिभिजन वन कार्यालयका एक अधिकृतले भने, ‘यो काममा जनप्रतिनिधिले सघाएपछि कारवाही गर्न चुनौती छ ।’


प्रकाशित : कार्तिक ८, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?