२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१९ किलो चाँदीसहित युवक पक्राउ 

कान्तिपुर संवाददाता

बारा — भारतीय सीमा नजिकैबाट १९ किलो चाँदीसहित शक्रबार एक जना पक्राउ परेका छन् ।

१९ किलो चाँदीसहित युवक पक्राउ 

जिल्लाको पश्चिम दक्षिणमा पर्ने सिम्रौनगढ–६ सतुवाही गाउँबाट १४ लाख बराबरको चाँदीसहित सशस्त्र प्रहरीले बारगढी–६का मुक्ति साहलाई पक्राउ गरेको हो ।


साहलाई भारतीय नम्बर प्लेटेको मोटरसाइकलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक कवीर मल्लले बताए ।


बरामद चाँदी र बीआर ०६ एम १०६० नम्बरको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि भन्सार चलान गरिने सशस्त्रले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?