१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

इँटा उद्योगमा जिकज्याक प्रविधि

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश–२ का इँटा व्यवसायी उद्योगले फ्याँक्ने प्रदूषण न्यून गर्न लागिपरेका छन् । उनीहरू प्रदूषण कम गर्न इँटा उद्योगलाई जिकज्याक प्रविधिमा परिणत गर्ने भएका हुन् । 

सरकारले तोकेको मादण्डभन्दा इँटा उद्योगले दोब्बर प्रदूषण गरिरहेको छ । नेपाल इँटा उद्योग महासंघले बिहीबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा प्रदेश– २ का इँटा व्यवसायी उद्योगले न्यून प्रदूर्षण र कामदारमैत्री बनाउने बताए । देशभरमै प्रदेश–२ मा इँटा उद्योग बढी छ । प्रति हजार इँटाको ११ देखि १३ हजार रुपैयाँ बजार भाउ छ । यहाँका इँटा व्यवसायीले मागको तुलनामा उत्पादन बढी रहेकाले व्यवसायीले घाटा सहनुपरेको दाबी गरे ।


सरकारले इँटा उद्योगबाट ३ सय ५० एमजी एनएमथ्रि प्रदूषण मात्र फाल्नुपर्ने मापदण्ड तोकेको छ । तर, नेपालको इँटा उद्योगले सरदर ५ सय एमजी एनएमथ्रि धुवाँ फ्याँक्छ । नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रवहादुर चित्रकारले पुरानो प्रविधिबाट सञ्चालित इँटा उद्योगलाई जिकज्याक प्रविधिमा रूपान्तरण गर्न व्यवसायीलाई दबाब परेको बताए । ‘इँटा उद्योगले प्रदूषण कम गर्नैपर्छ,’ चित्रकारले भने, ‘हाम्रो व्यवसायका कारण वायुमण्डल र मानिसको स्वास्थ्यमा असर पर्नु हुन्न ।’

प्रकाशित : कार्तिक १, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?